जेम्स राना/ बेलाैरी, सामन १६ । बेलाैरी नगरपालिका वडा नं. ६ रिछहा गाउँमा रानाथारु महिलाहरुको तीज बिशेष कार्यक्रम साउन १५ गते आईतबारको दिन भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नंं. ६ का सदस्य नारायण प्रसाद जैशी आफ्नो वडा भित्रका रानाथारु महिलाहरुलाई सधैं यसरी नै रानाथारुहरुको सँस्कृति जोगाउन सहयोग गर्ने प्रतिबद्घता जनाउँदै सामनको डोला (पिङ्ग) को बिसर्जन गरेका थिए ।







