कञ्चनपुर जिल्लाकाे बेलडाँडी गाउँपालिकामा रानाथारू महिला तिज तथा सास्कतृतिक कार्यक्रम गरिएकाे छ । शनिबार एक विशेष कार्यक्रमका माझ जनजागृति युवा क्लवले बेलडाँडी-२ मा कार्यक्रम गरेकाे हाे ।बेलडाँडीमा रानाथारु महिला तीज शुरू भए संगै कैलाली र कञ्चनपुरमा तिजकाे राैनक छाएकाे छ ।

बेलडाँडी गाउँपालिका वडा नं-२ काे चवन्नी वजारको खुल्ला मञ्चमा कार्यक्रम शुरु भएको हाे ।

सगुना रानाको सभापतित्वमा बेलडाँडीमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रमुख हरिश चन्द्र राना रहनु भएकाे थियो ।

कार्यक्रममा बाेल्दै गाउँपालिका प्रमुख रानाले पुरानाे संस्कृति जाेगाउन अहिलेकाे मुख्य समस्या रहेकाे बताउदै रानाथारू समुदायकाे संस्कृतिलाई जाेगर्ना गरिने बताउनु भयाे ।

उहाँले “संस्कृति जाेगाउन स्थानिय सरकारले गर्ने आवश्यक सहयाेग गर्ने प्रतिबद्वता व्यक्त गर्नु भयाे ।” उनले सबै बेलडाँडीवासि जनसमुदायलाई तिजकाे शुभकामना व्यक्त गर्नु भयाे ।

जिल्ला समन्वय उप-प्रमुख राम कुमारी रानाले सबै भाषा, संस्कृतिलाई सके सम्म बचाई अाफ्नाे छुट्टै पहिचान कायम राख्न पनि अहिलेकाे चुनाैति रहेकाे बताए ।

उनले भने ” राना थारू समुदायकाे भाषा, कलालर संस्कृतिलाई बचचाउन र अझ अघि बढाउन गर्न सकिने सहयाेगमा लाग्ने उद्वघाेष गरे ।” उहाँले सबैलाई राना समुदायकाे तिजकाे अवसरमा शुभकामना पनि व्यक्त गरे ।भने विशिष्ट अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका उप-प्रमुख रामकुमारी राना, अतिथिहरू बेलडाँडी गाउँपालिका सबै वडाका वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु रहेको जनाए । कार्यक्रमा रानाथारु भेषभुमा रहेका राना महिलाको बाक्लो सहभागिता रहेको थियो । परम्परागत राना नृत्य, डान्स, देखाइएको थियो ।