जेम्स राना/कञ्चनपुर, १३ सामन । रानाथनारु महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आईतबार रानाथारु तीज पर्व सफल पार्न सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कृष्णपुर नगरपालिका का नगर प्रमुख हेमराज अाेझाले रानाथारूकाे महान चाड तिजकाे उपलक्ष्यमा सावन १५ गते कृष्णपुर नगरपालिका अन्तरगतका विभिन्न वडा कार्यालय,विद्यालय, संघ संस्थाहरूमा कार्यरत रानाथारू समुदायका महिला कर्मचारी हरूलाई मात्र सार्वजनिका विदा दिइएकाे छ ।