जेम्स राना/ बेलौरी, साउन ७ । रानाथारु महिलाहरू को महान पर्व तीज को उपलक्ष्यमा खेलिने करिब दुई हप्ता सम्म खेलिने पिङ्ग (सावनको डोला) को उद्घाटन शनिबार कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका मा भब्य र सभ्य रुपमा उद्घाटन भएको छ।
कृष्णपुर नगरपालिकाको वडा नं. ८ रैकबार बिचवा गाउँ मा कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा उपमेयर द्रोपती राना तथा निवर्तमान उपमेयर रमिता राना ज्यु को हातबाट उद्घाटन गरिएको पिङ्ग मा संयुक्त रुपमा पिङ्ग पनि खेलिएको थियो। साथै मेयर ओझा ज्यु ले रानाथारु महिलाहरूलाई तीजको शुभकामना प्रदानको साथै रानाथारुको लोपोन्मुख संस्कृतिहरुलाई बचाउन सधैं अग्रसर रहने र त्यसको लागि आवश्यक बजेट विनियोजन पनि गर्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी उपमेयर द्रोपती रानाले आफुले आफ्नो गाउँ समाजको विकास र स्थानीय कला संस्कृति जगेर्ना गर्न को लागि गर्नु पर्ने काम र कर्तव्यबाट कहिल्यै नचुक्ने प्रतिबद्धता गर्नुभएको छ।
यसैगरी लालझाडी गाउँपालिका वडा नंं.१ नौरङगा गाउँ, बिनाबारी गाउँ र लालझाडी ३ नन्दगाउँमा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले साउनको डोला उद्घाटन गर्नुभयो। उपाध्यक्ष सपनाले आफ्ना पालिका भित्रका सबै वडाका महिलाहरूलाई तीजको अवसरमा विशेष शुभकामना दिँदै आफ्ना पालिकाका सम्पुर्ण जात जाति तथा समुदायको कला संस्कृति जगेर्ना हेतु लागिपर्ने बताउनुभयो।
यसरी कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका मा जनताका बिकास र उत्थानका निम्ति लागिपर्ने मेयर र उपमेयर पाएर सम्पुर्ण जनता खुशी ब्यक्त गरेका छन्।







