दिनेश राना, धनगढी, ३ सावन २०७९ । कैलालीकाे धनगढी उपमहानगरपलिका वडा नं. ७ स्थित बेली मिलन समुदाय वन उपभाेत्ता समुह र बेली युवा क्लावकाे संयुक्त आयाेजनामा सामनकाे डाेला (पिङ्ग) काे उद्घाटन कार्यक्रम सम्पन भाएकाे छ।
रानाथारू समुदायकाे दाेस्राे ठुलाे तिहार तिज पर्वकाे उपलक्ष्यमा सामनकाे डाेला (पिङ्ग) काे उद्घाटन धनगढी उपमहा नगरपालिकाकि उप-प्रमुख कन्दकला रानाले डाेलाकाे उद्घाटन गरिएकी थिइन। वहाँ कार्यक्रमकाे प्रमुख अतिथी रहानु भएकाे थियाे उक्त कार्यक्रमकाे शुभकामना दिदै भनिन रानाथारू सामुदायले मनाउने तिज पर्व लाेपहुने अवस्थामा पुगेकाे र यसलार्ई संरक्षण तथा संमवद्धन गर्न हामी सबैले लाग्नुपर्ने बताइन् उपप्रमुख रानाले। वेली गाउँकाे डुवानकाे बारेमा त्यहाँका स्थानिय व्यक्तहरूकाे जिज्ञासाकाे जवाफ दिदै वहाँले भनिन धनगढी उपमहानगर पालिकाले यसकाे दिगाेव्यवस्थापनकाे लागि समस्या समाधान गर्ने बताइन ।
त्यसैगरी उक्त कार्यक्रमका विशिष्ट अतिथी धनगढी उप महानगरपलिका वडा नं. ७ का वडाध्यक्षय माेती रानाथारू रहानु भएकाे थियाे। वहाँले सामनकाे डाेला (पिङ्ग) काे लागि चहिने डाेरी खरिदमा लागने रकम वडाबाट बेहाेर्ने प्रतिवद्धता दिनु भयाे। त्यसैगरी कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल रानाथारू समाजका केन्द्री उपाध्यक्ष कमल सिं राना रहनु भएकाे थियाे। वहाँ शुभकामना दिदै भन्नु भयाे यस गाउँमा धेरै वर्ष पछि संस्कृतिक बचाउनकाे लागि सामनकाे डाेला उद्घाटन गरि अहिलेका युवा पिढीले आफ्नाे संस्कृति संरक्षण गर्न लागेकाेमा खुशि व्यक्त गरे ।
कार्यक्रमकाे शुभकामना दिनेहरूमा सामुदायिक वनका अध्यक्ष लालबहादुर खलाैला, उपाध्यक्ष रामऔतार राना,भलमन्सा शिवचरण चाैधरी, युवा क्लबका अध्यक्ष रामनिवास राना लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रम राजकुमारी रानाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे भने कार्यक्रमकाे स्वागत मन्तव्य माेनिका रानाले गरेकी थिइन र संचालन शिक्षक नन्दलाल रानाले गर्नु भएकाे थियाे ।
कार्यक्रकाे वाँकी अंश भिडियाे बाट








