हसुलिया, २ साउन । कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरमा सोमवार व्यवसायिक सेवा प्रदायक संजाल निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

दिगो विकास समाज भजनी कैलालीको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा भएको कार्यक्रममा प्रमुख अतिथि कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी रहनु भएको थियो । कार्यक्रममा उहाँले गाउँपालिका स्तरीय व्यवसायिक सेवा प्रदायक संजाल निर्माण हुनु पर्नेमा जोड दिनु भएको थियो । संजाल निर्माण भए यहाँ संचालित विभिन्न व्यवसायको बजारीकरणमा सहयोग पुग्ने उहाँले बताउनु भयो ।

दिगो विकास समाजका सहसचिव धनिराम राजीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेल, पशु शाखा प्रमुख सुर्य चौधरी, वडा–८ का अध्यक्ष तारामल कठरिया, वडा सदस्यहरु, विभिन्न व्यवसायिक सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण आर्थिक पुनस्र्थापना परियोजनाका संयोजक आशिष उपाध्यायले गरेका थिए । भने संचालन दिगो विकास समाजका फिल्ड सहजकर्ता मुकेश चौधरीले गरेका थिए ।