हसुलिया, १ साउन । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ बसन्ती सामुदायिक वनमा आइतवारदेखि वृहत बृक्षारोपण कार्यक्रम सुरु भएको छ ।
वडा नम्बर ७ स्थित बसन्ती सामुदायिक वन उपभोक्ता समुहको ठेपरिन्ह्या भन्ने ठाउँको खाली रहेको १६ विघा जमिनमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरी रहनु भएको थियो । बृक्षारोपण कार्यक्रमको सु?वाट गर्दै उहाँले ?ख मानव जीवनको लागि अतिआवश्यक भएको बताउनु भयो ।
उहाँले रोपिएको ?खको संरक्षण गर्न सबैको दायित्व रहेको बताए । सोमबारसम्म हुने वृहत बृक्षारोपणमा विभिन्न जातका १० हजार बोट वि?वा रोपिने गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए । गाउँपालिकाको आर्थिक सहयोगमा सब डिभिजन वन कार्यालय बसन्तामा तयार भएको उक्त बोटवि?वाा रोपिन लागेको उहाँले बताए ।
वृहत वृक्षारोपण कार्यक्रम नवजीवन सेवा संघको सहकार्यमा भएको हो । आइतबार मात्र ५ हजार बोटवि?वा रोपिएको संघका फिल्ड कोडनेटर प्रविन श्रेष्ठले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा बसन्ती सामुदयिक वनका अध्यक्ष जुगराम चौधरी, बसन्ता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बालकराम चौधरी, सब डिभिजन वन कार्यालयका प्रतिनिधि, बसन्ताका स्थानीयह?को सहभागितामा रहेको छ ।