नरेश राना/कञ्चनपुर, साउन १ । बेलाैरी नगरपालिकाका कर्मचारी स्वर्गीय नारायण रानाको परिवारलाई किरिया खर्चबाफत निजामती कर्मचारी सङ्गठन कञ्चनपुरले नगद २१ हजार सहयोग गरेकाे छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका खरिदार स्व.नारायण रानाकाे परिवारलाई नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरले किरिया खर्च सहयाेग गरेकाे हाे ।
शनिवार उहाकै घरमा गएर निजामति संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्द सहितकाे टिमले किरिया खर्च बाफत परिवारलाई २१ हजार नगद सहयाेग गरेकाे संगठनका जिल्ला अध्यक्ष चन्दले बताउनु भयाे ।
निजामती संगठनका सदस्य समेत रहेका रानाकाे गत जेठ २६ गते हृदयाघातका कारण घरमै मृत्यु भएकाे थियाे ।
रकम हस्तान्तरणमा प्रदेश महासचिव महादेव जोशी, जिल्ला उपाध्यक्ष दिनेश भट्ट लगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरूको समेत उपस्थितिमा रहेकाे थियाे ।






