धनगढी, असार ३२ । कैलालीका अत्यन्तै सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका सुदूरपश्चिमको ऐतिहासिक संस्था कैलाली जनपुस्तकालयको कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।
शुक्रबार बसेको जनपुस्तकालयको बैठकले रैका लाई सदस्य पदमा सर्बसम्मत रुपमा चयन गरेको हो । यसैबिच अधिकारकर्मी राजेन्द्र रैकाले सुदूरपश्चिमको गौरबमय ईतिहास रहेको कैलाली जनपुस्तकालयको सदस्यमा सर्बसम्मत हुँदा गौरावन्नतीत भएको बताउनु भएको छु ।
दुई दशक देखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले अाफ्नो ६५औं बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको थियोे ।
एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान -२०७८ ले सम्मान गर्नुभएको थियोे ।
अधिकारकर्मी रैका दर्जन बढी संघसंस्थामा अाबद्घ रहि सुदूरपश्चिमको बिकास समृद्धिका कृयाशिल छन ।






