एमबि राना/लालझाडी, असार १० । कञ्चनपुरको लालझाडी गाउँपालिकाको १२ औं गाउँसभा भएको छ । आगामी आर्थिक बर्ष २०७९–०८० को निती तथा कार्यक्रम तथा बजेटका लागि शुक्रबार गाउँसभा भएको थियो । लालझाडी गाउँपालिकाका गाउँ प्रमुख निर्मल रानाले निती तथा कार्यक्रम प्रस्तुत गर्दै नदी कटानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासको योजना अघि सारेका छन् ।

यस क्षेत्रका जनता मुख्य पेशा कृषि भएकाले कृषि क्षेत्रमा विशेष योजना अघि सारेका हुन । लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले ५३ करोड ८३ लाख १० हजार बराबरको बजेट प्रस्तुत गरेकी छन् । उपाध्यक्ष रानाले चालु खर्च ३१ करोड ५४ लाख ७७ हजार र पूजीगत खर्चतर्फ २२ करोड २८ लाख ३३ हजार प्रस्तुत गरेकी हुन ।