जेम्स राना/कन्चनपुर, असार ८। कन्चनपुरकाे बेलौरी नगरपालिका ५, भकुण्डामा मोटरसाइकल दुर्घटना भएको छ । राती करिब ८ बजेतिर २ जना सवार मोटरसाइकल डनलपमा ठोकिएर दुर्घटना भएको हो।
उत्तर दिशाबाट आउँदै गरेको सु.प.प्र ०१-०१०प ८३९ नम्बरको मोटरसाइकल बिपरित दिशा तर्फ जाँदै गरेको स्थानीय सुकैया चौधरी को डनलपमा ठोकिएर मोटरसाइकल दुर्घटना भएकाे हाे । मोटरसाइकल चालक मृत्यु भएको छ भने सँगै पछाडि बसेका ब्यक्ति गम्भीर घाइते भएका छन्।
पुनर्वास नगरपालिका १ गणेश बस्ती पुरैना घर भएका रामजी राना को छोरा करिब २८ बर्षको बिस्राम रानाको उपचारकोक्रममा मृत्यु भएको छ भने त्यहीँ का धोके राना को छोरा करिब २५ बर्षीय घाइते शंकर रानाकाे उपचार ईशान मेमोरियल अस्पताल बेलौरीमा भइरहेको इलाका
बेलौरी प्रहरी कार्यालयका इन्चार्ज दानसिंह भण्डारी जनाएकाे छ ।






