हसुलिया, २९ जेठ । मुक्तकमैया महिला विकास मञ्चले कैलारी गाउँपालिका–७ विपतपुरका आगलागि पीडितहरुलाई नगद सहयोग वाफत चेक हस्तान्तरण गरेको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमको विच आगलागि पीडितहरुलाई नगद सहयोग वाफत चेक हस्तान्तरण गरिएको हो ।
आगलागिबाट पूर्ण क्षति भएको प्रतिपरिवारलाई ३४ हजार ५ सयको दरले, आंशिक क्षति भएको लाई १७ हजार २५०, सामान्य क्षति भएकोलाई १३ हजार ५ सयको दरले नगद सहयोग वाफत चेक हस्तान्तरण गरिएको हो । उक्त बस्तीमा पूर्ण क्षति भएको २७ परिवार, आंशिक क्षति भएको १५ परिवार, सामान्य क्षति भएको ११ परिवार रहेका छन । भने अपाङगता, सुत्केरी, जेष्ठ नागरिक २२ जान रहेका छन । कैलाली र कञ्चनपुर जिल्लका मुक्तकमैयाहरुको आर्थिक अधिकार प्रवद्र्धनका लागि साझेदारी कार्यक्रम अन्र्तगत एफसिए को आर्थिक सहयोगमा आगलागि मुक्तकमैया बस्तीलाई नगद सहयोग वाफत चेक हस्तान्तरण गरिएको हो । उक्त चेक हस्तान्तरण कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र वडा नम्बर ७ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता दिपेन्द्र बहादुर बमले हस्तान्तरण गरेका थिए । आगलागि पीडितहरुलाई नगद सहयोग वाफत चेक हस्तान्तरण कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर चौधरी, मुक्तकमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरी, मञ्चका कोषाध्यक्ष बजारी चौधरी, एफसिए का कार्यक्रम व्यवस्थापक तिलक प्रसाद भट्टराई, इलिसा रिमालm दिपिका नाइडु, उमा विष्ट लगायत उपस्थिित रहेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव जितेन्द्र चौधरीले जानकारी दिृए l
भने अपाङगता, सुत्केरी, जेष्ठ नागरिक २२ जानलाई ५ हजारका दरले हस्तान्तरण गरेको थियो ।