स्वास्थ सेवालाई थप प्रभावकारी बनाउन राज्यमन्त्री रैका को निर्देशन

२०७९ जेष्ठ २८, शनिबार २२:३५
स्वास्थ सेवालाई थप प्रभावकारी बनाउन राज्यमन्त्री रैका को निर्देशन

धनगढी,२८ जेठ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक वहादुर रैकाले डोटी जिल्लाकाे समग्र स्वास्थ्य अवस्थाकाे वारेमा जानकारी, निर्देशन तथा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय डोटीको अनुगमन गर्नु भएकाे छ ।

अनुगमन क्रममा राज्यमन्त्री रैकाले जिल्ला अस्पताल डोटीको अाकस्मीक कक्ष,अोपिडि सेवा कक्षा,प्रसुति कक्ष,निर्माणधिन अकस्सिजन प्लान्ट लगायतको क्षेत्रको अनुगमन गर्नुभएको थियोे । साथै राज्यमन्त्री रैकाले स्वास्थ सेवा लिन अाएका बिरामी सर्वसाधारण जनतासंग अस्पतालको दिई रहेको सेवाका बारेमा छलफल गर्नुभएको थियोे ।

अनुगमन पश्चात राज्यमन्त्री रैकाले जिल्ला अस्पताल डोटीका स्वास्थकर्मी र स्वास्थ कार्यालयका कर्मचारीहरुलाई स्वास्थ सेवा सर्वशुलभ छिटो छरितो र गुणस्तरीयमा ध्यान दिन निर्देशन दिनुभएको थियोे । राज्यमन्त्री रैकाले जिल्ला अस्पतालमा प्रदेश सरकारले तत्काल शव बाहन, एम्बुलेन्स र डाइलासिस मेसिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।