धनगढि,२१ जेठ । कैलालीका अत्यन्तै सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका यश बर्षको युवा प्रतिभा राष्ट्रिय सम्मानबाट सम्मानित हुनुभएको छ । बिगत दुई दशक देखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले अाफ्नो ६५औं बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको हो ।
एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान -२०७८ ले सम्मान गर्नुभएको थियोे । सम्मान प्राप्त गर्दे अधिकारकर्मी राजेन्द्र रैकाले यो महत्त्वपूर्ण सम्मानले अाफूलाइ थप उर्जा र थप जिम्मेवारी बोध गराएको बताउनुभयो । समारोह अन्य विभिन्न बिधाका श्रष्टाहरुलाई समेत सम्मान गरिएको थियोे ।
कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रम कैलाली जनपुस्तकालयका अध्यक्ष डा टि एन जोशीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।