काठमाडौँ, जेठ १५ । सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७९/८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकलगायत सबै सरकारी निकायको तलब वृद्धि गरिएको जानकारी दिए ।
यस्तै, सरकारले उनीहरूको महँगी भत्ता पनि निरन्तरता दिएको छ ।






