धनगढी, जेठ ०६ । सुदूर पश्चिम प्रदेशका सामाजिक बिकास राज्य मन्त्री टेक बहादुर रैकाले मन्त्रालयले अा. ब. २०७९/८० को नीति तथा कार्यक्रममा एकल महिला एंव सिमान्तकृत समुदायको अधिकार र बिकासलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।
नमूना एकल महिला मंच नेपालद्घारा लम्की चुहानगरपालिका वडा नं ३ चिसापानीमा अायोजित एकल महिलाका सवाल र अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्नुहुदै सामाजिक बिकास राज्यमन्त्री रैकाले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा विभिन्न एकल महिला अगुवाहरुले राज्यमन्त्री रैकालाई एकल महिलाको सवालमा शिक्षा स्वास्थ रोजगारीको क्षेत्रमा विशेष ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रम नमूना एकल महिला मंच नेपालकि अध्यक्ष दिपा विकको अध्यक्षतामा सम्पन्न भएको थियोे ।








