नरेश राना/बैशाख २८, कञ्चनपुर ।  कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका नेता कार्यकर्ता गुण्डाशैलीमा उत्रिएका छन ।

एमाले नेता कार्यकर्ताले लालझाडी गाँउपालिका १ माओवादी केन्द्रका उम्मेदवार दिनेश रानामाथि साँघात्मिक हमला गरेका छन । एमालेका कार्यकर्ताको आक्र्मणमा परी उम्मेदवार दिनेश राना लगायत आधा दर्जन स्थानीय घाईते भएका छन । अध्यक्ष रानालाई उपचारका लागि अस्पताल लगिएको छ । एक दिन अघि मात्रै एमालेका नेता कार्यकर्ताले बेलौरी उप प्रमुखका उम्मेदवार नन्द कुमार रानामाथि भौतिक आक्र्रमण गरेका थिए । आज बिहान वडाध्यक्षमा उम्मेदवार दिनेश रानाकै घरमा खाना खान गएका बेला चुनाव प्रचार गर्न आएको भन्दै घरेलु हतियार सहित ४०–५० नेता कार्यकर्ताले आक्र्रमण गरेको नेकपा माओवादी केन्द्र लालझाडीका नेता मदन बडायकले बताएका छन । आक्र्रमण गरी फरार भएका एमाले नेता कार्यकर्ता भागेका थिए । कञ्चनपुरका थारु समुदायले एक पछि अर्को राना समुदायकै उम्मेदवारमाथि आक्र्रमण गर्न थालेको भन्दै एमालेको भत्र्सना गरेका छन ।