बैशाख २८,कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का कार्यकर्तामाथी कुटपिट भएको छ । मंगलबार चुनावी प्रचारमा रहेका एकीकृत समाजवादी तर्फका तिकल भट्ट, उपमेयरका उम्मेदवार नन्दकुमार रानामाथी कुटपिट भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य भट्टको नाँकमा सामान्य चोट लागेको छ । उनिहरुमाथी नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेको आरोप छ । कुटपिटको घटनापछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटी र नेकपा माओवादी केन्द्र बेलौरी नगरले विज्ञप्ति जारी गर्दे उक्त सांघातिक आक्रमण प्रति भत्सना जनाएका छन् ।
विज्ञप्तिमा वडा नम्बर ४ का निर्वतमान अध्यक्ष एवंम् वडा अध्यक्षका उम्मेदवार अर्जुन ढकालकी श्रीमती लगायतले आक्रमण गरेको जनाइएको छ । उनिहरुमाथी कार्वाहीको माग सहित उपचारमा राज्यबाट सहयोगको माग गरिएको छ ।
मंगलबार कुटपिट पछि राती १० बजे सम्म दुई पक्षबिच छलफल चलेको इलाका प्रहरी कार्यालयले बेलौरीले जनाएको हो । छलफल निष्कर्ष बिहिन टुंगिएपछि निर्वाचनपछि थप छलफल गरिने प्रहरीले जनाएको हो ।
कुटपिटमा संलग्न एमालेका हिमालय श्रेष्ठ फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजि गरिरहेको जनाएको छ ।






