धनगढी,२५ बैशाख । प्रधानमन्त्री देउबा र सामाजिक बिकास राज्यमन्त्री रैका बिच भेटघाट नेपाली काग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउबा संग सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले देउबा निवास धनगढीमा भेटघाट एंव छलफल गर्नुभएको छ । उक्त अवसरमा राज्यमन्त्री रैकाले प्रधानमन्त्री देउबालाई अासन्न स्थानीय तहको निर्वाचन,सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले गरिरहेका कार्यक्रमहरु अागामी अार्थिक बर्षको नीति तथा कार्यक्रम ,बिकास योजना, बजेट, र समसामयिक राजनैतिक घटना क्रमका बारेमा जानकारी गराउनु भएको थियोे । भेटघाट कार्यक्रममा नेपाली काग्रेसका नेता पूर्व मन्त्री दिर्घराज भाट को पनि सहभागीता रहेको थियोे ।






