कैलारी,१३ बैशाख । कैलारी गाउँपालिका वडा नं ७ बिपतपुर मुक्तकमैया शिविरमा आगलागी घटनाको आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावल र सामाजिक बिकास राज्य मन्त्री टेकबहादुर रैकाले स्थलगत अवलोकन र संयुक्त रुपमा राहत बितरण गर्नुभएको छ ।
आगलागीबाट घरवार बिहिन ७३ परिवारलाई मन्त्रीद्घय रावल र रैकाले खाद्यान्न सामाग्री,स्वास्थ सरसफाइका सामाग्री , टेण्ड घर र अन्य बस्दोबन्दीका सामाग्री बितरण गर्नुभएको थियोे । उक्त सामाग्रीहरु नेपाल रेडक्रस सोसाइटीको समन्वयमा हस्तान्तरण गरिएको थियोे ।
स्थलगत अवलोकन पश्चात् सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले आगलागी पिडित परिवारको उचित व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने र त्यसका लागि आफूले सिघ्र पहल गर्ने बताउनु भयो ।






