नरेश राना । चैत्र, १२ । कञ्चनपुर को लाल्झाडी गाउँपालिका वडा नं २ मा आज शनिबारका दिन खकडेहरा विशेष साँस्कृतिक कार्यक्रम विभिन्न संस्कृति रानाथारु को होरी, कलाकारको प्रस्तुति सँगै सम्पन्न भएको थियो । कार्यक्रम मा सभापति लाल्झाडी गा. पा. २ का वडा अध्यक्ष हेमराज राना रहनु भएको थियो ।

प्रमुख अतिथि लाल्झाडी गा. पा. का अध्यक्ष मदन सिंह बडायक थिए विशिष्ट अतिथि लाल्झाडी गा. पा. की उपाध्यक्ष सत्त्य देवी महरा रहेकी थिइन् ।

उक्त कार्यक्रम मा स्वागत मन्तव्य मोली रानाले दिएका थिए भने कार्यक्रम लाल्झाडी गा. पा. वडा नं.-२ को आयोजन र सह- आयोजक मा न्यू अमरज्योति युवा क्लब ले गरेको थिए । कार्यक्रम मा २ नं. वडा का भनमंशन, पधना र अगुवाले आफ्नो मन्तबे राखेका थिए । कार्यक्रम मा प्रमुख अतिथिले हाम्रो रानाथारु साँस्कृतिक हामीले नबचए कसले बचाउँछ त्यस कारन हामीले यस्ता कार्यक्रम प्रत्येक वर्ष गरेरा हामीले संस्कृति बचाउने छौं हामीले यो संस्कृतिलाई बचाई राखौ भन्ने कुरा गरे का थिए ।

कार्यक्रम सञ्चालन शिक्षक श्री सोमनाथ राना रहनु भएको थिए ।