धनगढी,१० चैत ।
चैत ११ र १२ गते धनगढीमा सम्पन्न हुन गइरहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका १३औं जिल्ला अधिवेशनको तयारी पुरा भएकाे छ । अिधवेशन धनगढी उपमहानगर पालिकाकाे शुभश्री पाटी प्यालेसमा हुने बताए सिचब चक्रराज तिमिल्सेनाले जानकारी दिए । १३औं जिल्ला अधिवेशनका लागि हर्क बहादुर भण्डारीको संयोजकमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेकोछ ।
अगामीे चैत ११ र १२ गते धनगढीमा सम्पन्न हुन गइरहेको नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं जिल्ला अधिवेशनको मुख्य अध्यक्ष पदका लागि चार जनाआकांक्षी देखिएका छन जस्मा वर्तमान अध्यक्ष तिलक बहादुर सिंह , उपाध्यक्ष नेत्र नाथ, सचिब चक्रराज तिमिल्सेना र उपाध्यक्ष चक्र विष्ट रहेको कुरा स्रोतले जानकारी दिएछन । उनले भने सर्व सम्मत नेतृत्वको लागि पहल कदमी भईरहेको छ ।
उनले भने यी चारै जनाले आ आप्नो दाबि पक्का मानेका छन । वर्तमान अध्यक्ष तिलक बहादुर सिंह कोरोनाका कारण मैले धेरै काम गर्न पाएन त्यसैले एक पटकको लागि मैले नै अध्यक्ष पाउनु पर्ने बताएका छन । त्यसै गरी अध्यक्ष पदको प्रवल दाबेदार मानिएकी उपाध्यक्ष नेत्रा नाथ रहेकी छन । मैले विद्यालय तह देखि संगठको विभिन्न जिम्मेवारीमा रहि काम गरेको र राष्ट्रिय शिक्षक संगठनकमा पनि मैले धेरै अनुभव लिइ सकेको हुनाले यस पालिको अध्यक्षमा मेरो दावि सुनिश्चित रहेको बताइन ।
त्यसैगरी अर्का अध्यक्षको प्रत्यासी चक्र विष्ट रहेका छन । उनले भने अघिल्लो अधिवेशनमा भद्र सहमति भएको हो । पटक पटक अरुलाई मौका दिइ रहने हो भने आप्नो पालो कहिले आउने त्यसैले यस पटको मेरो दावी सुनिश्चित रहने बताएका हुन । त्यसै गरी अध्यक्षको प्रवल दाबेदार वर्तामान सचिब चक्रराज तिमिल्सेना उनले पनि यस पटकको अध्यक्षको दावी मेरो पनि भनेका छन ।