रानाथारु समुदायको ‘खख्डेहरा’ पर्वको सार्वजनिक विदा

२०७८ चैत्र ९, बुधबार १३:२१
रानाथारु समुदायको ‘खख्डेहरा’ पर्वको सार्वजनिक विदा

नन्दलाल राना/धनगढी,९ चैत ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको छ ।
उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।