नन्दलाल राना, कञ्चनपुर, ६ चैत ।
नेपाल रानाथारु समाजको जिल्ला अध्यक्षमा प्रेमवत्ती राना कञ्चनपुर जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएको भएको छ ।
नेपाल रानाथारु समाज केन्द्रिय अध्यक्ष कृपाराम रानाको सभापतित्वमा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।प्रमुख अतिथि प्रदेश सदस्य श्यामलाल राना , विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता राना, आदीवासी जनजाति महासंघ प्रदेश महासचिब राजकुमार राना, शुक्लाफाँटा नगरपालिका १२ का वडा अध्यक्ष बली रानाले शुभकामना दिनुभएको थियो ।
दाेस खजिल्ला अधिवेसनबाट प्रेमवती रानाथाको अध्यक्षतामा १३ सदसिय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षमा मनोहर राना, सचिब सतेन्द्र राना, सहसचिब शिवराज राना, कोषाध्यक्ष कविता राना, सदस्यहरुमा बाँधु राना,बसन्ती राना, राम प्रसाद राना,मिटीदवी राना,भजन सिंह रानालाई सर्वसम्मत चयन भएका छन ।