नन्दलाल राना /धनगढी,५ चैत ।
नेपाल रानाथारु समाजको जिल्ला अध्यक्षमा धनगढी उपमहानगर पालिका वडा नं. ८ का धनगढी गावका लालबहादुर राना कैलाली जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएको भएको छ ।
नेपाल रानाथारु समाज केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाको सभापतित्वमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । कैलाली जिल्लाको जिल्ला अधिवेशन गर्नका लागि केन्द्रिय उपाध्यक्ष कमल सिंह राना र महासचिब भक्तराज रानालाई केन्द्रि समितिले जिम्मा दिएको थियो ।
अधिवेशन कार्यक्रमका प्रमुख अतिथी वन तथा वातावरण मन्त्रि मननिय नारदमुनि राना रहनु भएको थियो । वहाँले भन्नु भयो मैले थोरै दिन मात्र मन्त्रि बन्ने मौका पाएँ । यदि मैले केहि दिन अरु मन्त्रि हुन पाएको भए मैले रानाथारुको उत्थानको लागि रानाथारु विकास मंच वा रानाथारु आयोगको गठन सम्बन्धि काम गर्थे तर पनि मैले मेराे ठाउँबाट सरकार संग पहल गर्ने कुरा बताए ।

कार्यक्रम सफल बनाउन आउनुहुने अतिथिहरुमा नेपाल रानाथारु समाज केन्द्रिय उपाध्यक्ष ओमप्रकाश राना, देवहरिया सामुदायिक वनका अध्यक्ष मोति रानाथारु, देवहरिया सामुदायिक वनका अध्यक्ष शारदा प्रसाद राना, नवज्योति कृषि सहकारी संस्थाका लेखापाल पृथ्वीराम राना, राना कला संरक्षण तथा विकास मंचका अध्यक्ष नरायण राना लगायतले शुभकामना मनतव्य दिनुभएको थियो ।

अधिवेसनबाट लालबहादुर रानाथाको अध्यक्षतामा १३ सदसिय जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षमा पृथ्वीराम राना, सचिब गया प्रसाद राना, सहसचिब केवल राना, कोषाध्यक्ष दिलमाया राना, सदस्यहरुमा कमला देवी राना,किरण राना, जित बहादुर राना,पृथ्वी राना,रेखा राना, दिनेश राना सर्वसम्मत चयन भएको छन । चैत महिना भित्र जिल्ला समितीले पालिका समिति गठन गरि सक्नुपर्ने छ ।
कार्यक्रमको संचालन महाचिब भक्तराज रानाले गर्नु भएको थियो ।