नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं जिल्ला अधिवेशनकाको तयारी तिव्र

२०७८ फाल्गुन २९, आईतवार २१:२०
नेपाल राष्ट्रिय शिक्षक संगठनको १३औं जिल्ला अधिवेशनकाको तयारी तिव्र

नन्दलाल राना/ धनगढी,२९ फागुन ।

अगामी चैत ११ र १२ गते धनगढीमा सम्पन्न हुन गइरहेको नेपाल राष्ट्रिय शिक्षक संगठनकाे १३औं कैलाली जिल्ला अधिवेशनको तयारी तिव्ररुपमा भइरहेको छ ।

संगठनले अधिवेशन सफल बनाउनका लागि कैलाली जिल्ला सचिवालयको बैठकले विभिन्न निर्णयहरु गरेको छ । संगठनले १३औं जिल्ला अधिवेशनका लागि हर्क बहादुर भण्डारीको संयोजकमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेकोछ जसमा नरेन्द्रशर्मा र ज्ञानेन्द्र जोशी सदस्य छन् भने अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । सांगठनिक प्रतिबेदन लेखनमा संयोजक सचिब चक्रराज तिमिल्सिना, सदस्यहरुमा प्रभुनाथ जैसी,यसोदा जोशी,नन्दलाल राना रहेका छन ।

त्यसैगरी आर्थिक प्रतिवेदन लेखन समितिको संयोजक कोषाध्यक्ष प्रभुनाथ जैसी, सदस्यहरुमा ओमा पछल्दङ्गया,कर्ण बहादुर साउद रहेको र अतिथि सत्कार संयोजक वर्तामान अध्यक्ष,उपाध्यक्ष र सचिब रहेका छन भने मञ्च व्यवस्थापनमा उपाध्यक्ष नेत्रा नाथको संयोजकत्वमा रेखा कुवँर,शान्ती पाल सदस्यमा रहेका छन । प्रतिनिधि व्यवस्थापनमा उपाध्यक्ष चक्रबहादुर बिष्ट, बद्री प्रसाद भट्टराई,दीपक बोगटी,धर्मराज जैसी,खेम कठायत,ऋषी सापकोटा,सत्यराज उपाध्यक्ष,विष्णु भट्ट,नरेन्द्र कोटकेनी,राज बहादुर कडायत,राज बहादुर ऐर, मोहन सिंह ऐरी,जय बहादुर बोहोरा,रामकुमार चौधरी रहेका छन ।

त्यसैगरी प्रचारप्रसार तथा प्रकाशनमा सचिब चक्रराज तिमिल्सिना, अम्मरा जोशी,गंगाराम ओझा , खाद्यान्न तथा आवास व्यवस्थापनमाउपाध्यक्ष चक्रबहादुर बिष्ट, सदस्यहरुमा प्रभुनाथ रिमाल,नन्दलाल राना,खगेन्द्र थापा, गंगाराम ओझा, स्वयंसेवक परिचाल उपसमितिमा नरेन्द्र कोटकेनी, दीपक जोसी, बिनोद हमाल,प्रेमचन्द्र राना, जुहरीलाल चौधरी रहेका छन । अधिवेशनमा संगठनमा लामो अवधिसम्मा काम गरेका व्याक्तीहरुलाई सम्मान गर्ने भएको प्रत्येक पालिका बाट बढीमा ३ जनाको नाम सिफारस गर्न पालिकालाई निर्देशन गरिएको छ भन्ने जानकारी नेपाल राष्ट्रिय शिक्षक संगठन कैलाली जिल्ला सचिब चक्रराज तिमिल्सिनाले दिए ।