काठमाडौँ,४ फागुन । काठमाडौंस्थित नयाँ बानेश्वरमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न भएको छ।

प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन्। एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल परेको थियो।