पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक

२०७८ माघ २१, शुक्रबार १७:५६
पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक

धनगढी, २१ माघ । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँ निवासी प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री नारदमुनि रानालाई मातृशोक परेको छ । उनकी ममतामयी आमा सुदामादेवीको ८५ वर्षको उमेरमा आज निधन भएको रानाका स्वकीय सचिव कमलसिंह रानाले जानकारी दिए । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । स्वास्थ्यमा समस्या भएपछि केही दिन अगाडि रानाकी आमालाई अस्पताल भर्ना गरिएको थियो ।