काठमाडाैँ , १८ माघ । सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा भोलि बुधबार देशभर सार्वजनिक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो। नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
