नरेश राना / लालझाडी , ३० पुस ।
कञ्चनपुरकाे लालझाडी गाउपालिका ५ देखतभुलि गाउँ बैजनाथ ग्रामीण बिधुत सहकारी संस्था को १४औ साधारण सभा सम्पन्न भएकाे छ । कार्यक्रमकाे सभापति सहकारीको अध्यक्ष रामदाश रानाकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउपालिका उपाअध्यक्ष सत्य देबी महार रहनु भएकाे थियाे । वहाँले महिलाको जीबन निर्बाह गर्नको लागी शिप मूलक तालीमको बेवस्ता गर्छु र यस सहकारीकाे सिफारिसमा अावश्यक्ता अनुसारको लाइन बिस्तर गराउन पालिकाबाट सहयोग गर्न पहल गर्छु । कार्यक्रमका विशिष्ठ अतिथि वार्ड नं ५को वाडअध्यक्ष नन्द कुमार अबस्ति रहनु भएको थियो ।
कार्यक्रमकाे स्वागत मनतव्य संस्थाका उपाध्यक्ष पहिलाद रानाले स्वागत गर्नु भएको थियो । अ.वा २०७७।७८काे आय ब्याय रू २० लाख ४३ हजार एक सय पैतालिस बराबरकाे प्रस्तुत संस्थाका सचिब नबीन अबस्तिले प्रस्तुत गरेका थिए । कार्यक्रमकाे उद्घोषक हेमन्त राना ले संचालन गरेका थिए






