दिनेश राना,धनगढी,२६ पुस ।
श्री शिव मा.वि. जखौर बाबा धार्मिक ज्ञान महायज्ञ कोरोनाभाइरसको कारण स्थगित भएको छ । कैलालीको धनगढी उपमहानगर पालिका ७ देवहरिया कैलाली स्थित श्री शिव माध्यमिक विद्यालय देवहरि,कैलालीले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीको लागि मिति २०७८ माघ १ गतेबाट श्री शिव मा.वि. जखौर बाबा धार्मिक ज्ञान महायज्ञ गर्ने भनेर मिति २०७८/८/२५ गतेको आमभेलाको निर्णय गरिएको थियो ।
महायज्ञ मुल आयोजक समितिका संयोजक भागिराम चौधरीको भनाइ अनुसार “हामीले महायज्ञको तयारी गरिरहेका थियौ, आज विहान नेपाल सरकार गृहमन्त्रालयको सुचनाले हामी मुल आयोजक समितिका पदध्यकारीहरु तुरुन्त बैठक बसि, बैठकले देशमा दिनप्रतिदिन कोरोनाभाइरसको संक्रमणको संख्या बढदैगइरहको कुरा समाचारबाट थाहा पयौ ।
यस्तो महामारीको बेला त्यसमा पनि गृहमन्त्रालयले कुनै पनि सभासम्मेलन लगायत २५ जना भन्दा बढी व्यक्ति एक ठाउमा उपस्थित हुन नदिए पछि हामीले तत्कालको लागि महायज्ञ स्थगित गरेका छौ स्थति समन्य भए पछि फेरी गर्ने भनि निर्णय गरेकाछौ । अहिलेका लागि श्री शिव मा.वि. जखौर बाबा धार्मिक ज्ञान महायज्ञ कोरोनाभाइरसको कारण स्थगित भएको जानकारी गराउद छौ ।
साथै यसले श्रद्घालुभक्तजनहरुमा पर्न गएको असहज प्रस्थितीप्रति मुल आयोजक समिति क्षमा प्राथी छौ भनेर जानकारी दिए संयोजक चौधरी ।
