श्री पर्सिया ग्रामिण विद्युत सहकारी संस्थाको १२औ बार्षिक सधारण सभा सम्पन्न

२०७८ पुष २४, शनिबार १८:३९
श्री पर्सिया ग्रामिण विद्युत सहकारी संस्थाको १२औ बार्षिक सधारण सभा सम्पन्न

नरेश राना/लालाझाडी,२४ पुस ।

कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ४ स्थित श्री पर्सिया ग्रामिण विद्युत सहकारी संस्थाको १२औ बार्षिक सधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रम सनिबारको दिन एक कार्यक्रमका विच सम्पन्न् भएको थियो । कार्यक्रमको प्रमुख अथिती वडा नं. ४ की वडा सदस्य शान्ति राना रहनु भएको थियो भने विशिष्ट अतिथीमा डल्ली चौधरी रहनु भएको थियो ।

आ.व.२०७७।०७८ को आयाव्याय रु १४ लाख ६६ हजार तिन सय छत्तीस बराबरको आम्दानीखार्च व्यवस्थापनक रमेश रानाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राम सिंह रानाको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन शिक्षक भाेजराज रानाले गरेका थिए ।