दिनेश राना/धनगढी,१९ पुस ।
श्री शिव माध्यमिक विद्यालय धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरियाले माघ १ गतेबाट विद्यालयमा धार्मिक ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । विद्यालयको आर्थिक तथा भौतिक आवस्था सुधारका लागि महयज्ञ संचालन गर्नु परेको हो बताए विद्यालयका प्रअ नन्दलाल रानाले । हामीले यस विद्यालयलाई यति छिटो समयमा माध्यमिक वनाउन सफल भएका छौ मा.वि तह बनाए संगै हामीलाई आर्थिक भार पनि थपिएको छ । विद्यालयमा शैक्षिक गुणस्तर दिनका लागि निजीमा रहेका शिक्षकहरुलाई समयमा तलब भत्ता देखि शैक्षिक समाग्रिको व्यवस्थापन गर्नु पर्ने त्यतिकै जिम्मेवारी थपिएको छ । विद्यालयको आप्नो आयस्रोत नभयर विद्यालयको प्राङ्गणमा रहेको खालि जग्गामा धानबाली र तरकारी बाली लगाएर त्यसबाट आएको पैसाले विद्यालय व्यवस्थापन गर्नु परेको छ प्रअ रानाले बताए ।
धार्मिक ज्ञान महयज्ञ गर्नका लागि विद्यालयले २५ सदसिय मुल आयोजक समिति गठन गरेको छ भने अन्य थुपै समिति गठन गरेको बताए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मुल आयोजक समितिक संयोजक भागीराम चौधरीले ।
विद्यालयको पृष्ठभुमि
कैलाली जिल्लाको धनगढी उपमहानपरपालिका वडा नं. ७ देवहरियामा अवस्थित श्री शिव माध्यमिक विद्यालय देवहरियाको पृष्ठभूमि बेग्लै रहेको छ । स्थापना कालदेखि विभिन्न आरोह र अवरोह पार गर्दै यो विद्यालय अहिले सम्मको परिस्थितिमा आइपुग्न सफल भएको छ ।
सुन्दर पर्यटकिय स्थल जोखर ताल र सुन्दर देवहरिया बस्पति उद्यान (पार्क) को किनारमा अवस्थित यस विद्यालयको शुरुवाट किशोरी कक्षाबाट भएको हो । वरिपरी नम्बरी जग्गा र बीचमा एक टुक्रा ऐलानी जग्गा भएकोले वरीपरीबाट अतिक्रमण भइरहेको थियो । त्यति मात्र नभएर विभिन्न स्थानबाट मान्छेहरु आएर त्यस ठाउँमा स–साना झुप्रो बनाउन शुरु गरिगसकेका हुन । ऐलानी र खाली भएकोले मान्छेहरु आएर झुप्रो बनाउने काम तिव्र भयो । यसरी अतिक्रमण भएको देखेर स्थानीय बासिन्दाहरुले एउटा सोच बनाए । यो जग्गा अरुलाई यसरी अतिक्रमण गर्न दिनुभन्दा यो ठाउँमा एउटा विद्यालय बनाउ ताकी हाम्रा नानीबाबुहरुलाई पढन टाढा जान नपर्ने भनेर सल्लहा गरेर अर्को दिन स्थानीय बासिन्दाहरुले बनाएको झुप्रो उखेलेर हटाए र त्यस ठाउँमा विद्यालय बनाउने घोषणा गरे ।
स्थानीय बासिन्दाहरुको पहलमा बि.स.२०५६÷५७ सालमा श्री राम अवतार चौधरीलाई शिक्षकमा नियुक्त गरी बालबालिकालाई पढाउन शुरु गरियो । निजी स्तरबाट नियुक्त भएका शिक्षकलाई तलब दिनकोलागि आर्थिक जुटाउन नसकेपछि घर घरबाट धान, चामल, गहुँ जस्ता अन्नहरु उठाएर दिन थाले । यसको बाबजुट पनि एक वर्षको पठन पाठन पछि विद्यालय बन्द भयो । बन्द रहेको विद्यालय संचालन गर्नकालागि हिन्दु महासंघको सहयोगमा स्थानीय ब्यक्ति श्री राजु कोइरालाले किशोरी कक्षा शुरु गरे पछि वहाँले जखौर संरक्षण समितिका अध्यक्ष नन्दलाल राना संग सल्लह गरेर श्री सरस्वति मा.वि. मनेहराको शाखाको रुपमा संचालन गर्नकालागि प्र.अ.ज्ञानेन्द्र शाह संग कुरा भयो । श्री सरस्वति मा.वि. बाट तलब भत्ता खानेगरी राजु कोइराला र नन्दलाल राना दुई जनालाई शिक्षक पदमा नियुक्त गरियो । श्री ललित कुमार चौधरीको अध्यक्षताम एउटा विद्यायल व्यवस्थापन समिति गठन गरियो । उनको सहयोगमा तीन कोठे कच्ची घर बनाइयो ।
यसरी २०५७ सालमा निर्मित यो विद्यालयको आर्थिक अस्था नाजुक भएकोले समयमा तलव खुवाउन नसकि पुनः धान, गहुँ उठाएर बेच्ने अनि तलव खुवाउने गरिन्थ्यो । शुरुको वर्षमा श्री सरस्वति मा.वि. मनेहराले व्यवस्था गरेपनि आर्थिक समस्या यथावटै थियो । यसरी दुई÷तीन वर्षको कठिन परिस्थिति पश्चात वि.सं. २०५९ सालमा द्य।ध्।द्य ९द्यगष्मिष्लन धष्तज द्यययप० भन्ने संस्थाले एल अकारको ६ कोठे भवनको लागि आवश्यक भौतिक सामग्रीहरु उपलब्ध गरायो र गाउँले मिलेर भवन निर्माण गरे ।
जसले पठन पाठनमा धेरै सजता आउनुका साथै पढाइमा निरन्तरता पनि पायो । विद्यालय अलि व्यवस्थित भएपछि श्री सरस्वति मा.वि. मनेहराको शाखाको रुपमा संचालित विद्यालय वि.सं. २०६२ सालमा कक्षा २ को जि.शि.का कैलालीबाट अनुमति लिई स्वतन्त्र रुपमा संचालित भयो । त्यसपति क्रमशः २०६३, २०६४, २०६५, २०६६ सालमा क्रमशः २, ३, ४, ५ कक्षाहरुको अनुमति लिई संचालन गरियो । बि.स.२०६७ ,२०६८ र २०६९ मा क्रमशः कक्षा ६, ७ र ८ को अनुमति निम्न माध्यमिक तह सम्म पठन पाठन शुरु भयो र बि.स.२०७८ साल शिक्षा युव तथा खेलकुद महाशाखा धनगढी उपमहानगर पालिकाको कार्यालयबाट अनुमति लिई अहिले मा.वि. तह संचालन भइरहेको छ ।
पर्यटकीय क्षेत्र जखौर तालको दक्षिण पश्चिम किनारामा अवस्थित यस विद्यालय एकदमै शान्त र अनुकुल वातावरणमा अवस्थित रहेको छ । जखोरतालको किनारामा श्री शिव मन्दिर जखोरबाबा मन्दिर रहेको छ र अर्काे मन्दिर विद्यालयको पश्चिमतिर रहेको छ । जसलाई शिव मन्दिर सड्वा बाबाको नामले परिचित छ । यसरी दुई वटा शिव मन्दिरको ठीक बीचमा रहेकोले यस विद्यालयको नाम शिवको नामबाट नामाकरण गरिएको हो ।
यो विद्यालउ समुदायमा सञ्चालित एउटा सानो तर अति नै महत्वपुर्ण संस्था हो समाज र सामुदाय बीच अन्योन्याश्रित सम्बन्ध हुने गरेको समाजका हरेक गतिविधिले विद्यालयलाई समेत प्रत्यक्ष रुपले प्रभाव पार्ने गरेको पाइन्छ । विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले समुदायका व्यक्ति,अभिभावक एवं सरोकारवाला पक्षहरुको शिक्षा प्रतिको धारणा एवं चेतनाको स्तरमा निर्भर रहने भएकोले सामुदायमा शिक्षको महत्व, नविनतम सोच एवँ सुसंस्कृत सभ्य समाज तथा विद्यालयको भौतिक , आर्थिक तथा शैक्षिक सुधार सहितको मा.वि. सम्मको शिक्षा संचालन गर्न यस धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरियामा आवस्थित श्री शिव माध्यमिक विद्यालय धार्मिक, शैक्षिक , एवं सांस्कृतिक ज्ञान महायज्ञ २०७८ आयोजना गर्ने प्रयत्न गरेको हो ।
धार्मिक ज्ञान महायज्ञका उद्देश्यहरु :
१) सु–संस्कृत एवं सभ्य समाज निर्माणमा सहयोग गर्नु ।
२) विद्यालयको भौतिक,आर्थिक एवँ शैक्षिकस्तर सुधार गर्नु ।
३) विद्यालय र सामुदायको विचमा सुमधुर सम्बन्ध स्थापित गर्नु ।
४) नैतिक एवं धार्मिक सहिष्णुताको माध्यमबाट समाजमा भएको विकृति एवं विसंगतिलाई निर्मुल गर्नु ।
५) परम्परागत धर्म संस्कृतिको संरक्षण एवं सु–संस्कारको विकास गर्नु ।
६) वालवालिकाहरुलाई वाल व्यवहार तथा सु–संस्कारको विकास गर्नु ।
माथि उल्लेखित यी उद्देश्यहरु परिपुर्तिको लागि यस क्षेत्रका सम्पुर्ण समाजसेवी, शिक्षाप्रेमि, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी र राष्ट्रसेवक, समाजसेवक , संघसंस्था, उद्योगी व्यवसायी, , कमैचारी , संचारकर्मी,न्यायप्रेमी विभिन्न तहतप्का तथा वर्गका जनमहानुभावहरुमा आप्mनो आर्थिक,नैतिक र भौतिक सहयोगका लागि हार्दिक अपिल गर्दछौ ।
श्री शिव मा.वि.जखौर बाबा धार्मिक ज्ञान महायज्ञ
मुल आयोजक समिति