लालझाडीमा “खशी कप” फुटबाल प्रतियोगिता संम्पन्न

२०७८ पुष १५, बिहीबार २०:०८
लालझाडीमा “खशी कप” फुटबाल प्रतियोगिता  संम्पन्न

नरेश राना/लालझाडी,१५ पुस ।

कंचनपुर को लालझाडी गाउपालिकामा आज “खशी कप” फुटबॉल प्रतियाेगिता सम्पन्न भएको छ । प्रतियाेगिता पुस ६ गते देखी शुरूभएको खेलमा जम्मा १४ टीमहरूले सहभागि रहेकाे थिए ।

उक्त प्रतियाेगिताकाे आज फाइनल खेल कञ्चन जाई खेलकूद बिकाश समिति र इटहा चारपाते युबा क्लब भूली बीच भएको खेल भएकाे थियाे । उक्त प्रतियाेगितामा २- १ ले इटहा चारपाते युबा क्लब भूलीले प्रथम जीत हासिल गरेका छ भने कञ्चन जाई ले दोस्रो हुन सफल भएको समजसेबी दिनेश राना ले बताए ।

विजेता दुवै टिमलाइ एक एक खशी पुरूषकार स्वरूप दिएकाे हाे । पहिलाे हुने टिम लाइ ४० किलाेकाे खशी र दाेस्राे हुने टिम लाइ ३० किलाेकाे खशि दिएकाे प्रतियाेगिता संयाेजक बिष्णु चौधरीले जानकारी दिए ।