दिनेश राना ।।

धनगढी १०, पौष । कैलालीको धनगढी उपमहानगर पालिका वडा नं.-७ देवहरीया गाउँका युवा-युवतीहरुले गाउँ सरसफाई अभियानमा लागेका छन् । जन जागरण समाज नेपालका युवा-युवतीहरु गाउँ सरसफाई अभियानमा जुटेका छन् अध्यक्ष राम ध्यान रानाले बताए ।

गाउँका वाटोमा जथाभावी फोहरा फल्नले गाउँ दुर्गन्धित भएको छ । हामीले स्थानिय व्यक्तिहरूलाई घरवाट निस्किने फोहरलाई वाटोमा जथाभावी नराखि दिन अनुरोध गरेका छौ । यो गाउँ टोल सरसफाई अभियान हरेक शनिवार गर्ने बताए अध्यक्ष रानाले ।

सरसफाई अभियानमा क्लवका ३५ जना युवा-युवतीहरुको सक्रिय सभगीता रहेको थियो ।