कञ्चनपुर,९ पुस । पौस ११ गते सम्पन्न हुन गइरहेको लालाझाडी गाउँपालिका २ स्थित कन्ज खेलमैदानमा हुने अफरोड म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ । लालझाडी प्रज्ञा प्रतिष्ठान खेलकुद विभागको आयोजनामा हुने अफरोड म्याराथनको सम्पुर्ण तयारी पुरा भएको खेलकुद विभाग प्रमुख सुरेन्दै बहादुर बोहराले जानकारी दिनुभयोको छ । विद्यालय तहका १४ देखि २० बर्ष उमेर समुहका ६० जना भन्दा बढी प्रतिस्पर्धि हुने अनुमान गरिएको कार्यक्रम करिब २ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्न पाउने आयोजकको दावि गरेको छ । प्रथम पुरुस्कार, द्वितिय र तृतिय पुरुस्कार क्रमशः ८०००,६०००,५००० र सान्तवना पुरुस्कार ४००० राखिएको छ ।

विद्यार्थिमा अनुशासन,लगनसिलता र गतिशिलताका लागि खेलकुद महत्वपुर्ण पाटी रहेको हुनाले कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गराउनका लागि गाउपालिका प्रमुख मदन सेन बडायकले सम्बन्धित सबै पक्ष संग अपिल गर्नु भएको छ । अध्यक्ष बडायकले कार्यक्रम भव्यताका साथ सम्वन्न हुने र अगामि दिनमा पनि यस्ता कार्यक्रम एवं खेलकुदको विकासको लागि टेवा पु¥याउने सबै खाले संयन्त्र परिचालन गरेर गाउपालिका क्षेत्रमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गराउने उद्देश्य राखेको जानकारी गराउनु भयो । गाउपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले पढाइका अतिरिक्त विद्यार्थीको चौतर्फि विकासकालागि खेलकुद महत्वपुर्ण पाटो भएको र यस्ता कार्यक्रमले विद्यार्थिको मनोवल उच्च राख्ने विस्वास व्यक्त गर्नुभयो ।