काठमडाै,९ पुस । नेपाल रानाथारु समाजले राष्ट्रिय जनगणना २०७८ मा रानाथारुको सत्य तथ्य तथ्याङ्कका निम्ति केन्द्रीय तथ्याङ्क बिभाग लाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिं रानाको अगुवाइमा काठमाण्डौंमा रहेका विभिन्न रानाथारुको समूहले केन्द्रीय तथ्याङ्क बिभागका महानिर्देशक नबिन लाल श्रेष्ठ ज्यु र निर्देशक डुन्डी राज लामिछानेज्यु समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । पत्रमा ५ माग रहेका छन ।


