धनगढी,२६ मंसिर ।
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. १२ हिम्मतपुर मुक्तकमैया शिविरका खाडा राना झुन्डिएको आवस्थामा फेला परेकोछ ।

आज विहान करिब १० बजे तिर वहा आप्नै घर भित्र आत्माहत्य गरि मृत आवस्थामा फेला परेको हो । मृत्यु के कति कारणले भएको हो खुलेको छैन । वहाँलाई पोष्टमटमको लागि सुदुरपश्मि प्रादेशिक अस्पतामा लगिएको छ भन्ने नेकपा जिल्ला सदस्य कमल सिंह रानाले जानकारी दिए ।

वहाँले “रानाको असामयिक निधनले हामी सबैलाई स्तब्ध बनाएको. छ , हाम्रो पार्टि नेकपा एमालेले एक सच्चा कार्यकर्ता गुमाएको छ , यस दुखद घडीमा सोकसन्तप्त परिवारमा हार्दिक समबेदना छ , मृत आत्माले शान्ती पाओस, उहाँ प्रति हार्दिक श्रद्घाञ्जली ब्यक्त गर्दछौ ।” वहाँकाे अन्तेष्टीर भाेली गरीने छ जानकारी दए ।


पुर्व बन तथा वातावरण मन्त्री नारदमुनि रानाले मृतक खाडा रानाको प्रति हार्दिक श्रद्घाञ्जली दिनुएको छ । वहाँले श्रद्घाञ्जली दिदै भने “अपत्यारिलो तर सत्य ,कसरी भनौ कि तिमी हामीबाट विदाभयौ,भन्ने केही शब्द छैन मसंग तर तिमीले गलत बाटो रोज्यौ साला जि।अलविदा ,हार्दिक श्रद्धाञ्जली तिम्रो आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । ”

व्यक्तिग बिवरण

नाम        : स्वा खाडाराना थारु

बुवाको नाम : राजाराम राना थारु

जन्म मिति : २०१९/१०/०५

ठेगाना   : हाल ध.उ.म.न.पा वार्ड न. १२, कैलाली (साबिकको ध.उ.म.न.पा वार्ड न. ३)

मुक्तकमैया व्यवस्थापन परिचय पत्र न. : ४०

कार्यानुभव            १) बिगत लामो समय देखी मुक्तकमैया आन्दोलनको नेतृत्व गरेको२) मुक्तकमैया आन्दोलनको क्रममा २०५७ सालमा बिभिन्न पटक हप्तौ जेल/नेल  ३) मुक्तकमैया हकहित सम्बन्धि बिभिन्न संघ संस्थामा कार्यरत ( मुक्तकमैया समाज ,  सिसिया) ४) ध.उ.म.न.पा वार्ड न. १२ कैलाली अवस्थित हिम्मतपुर मुक्तकमैया शिविरको संस्थापक -२०५७ सालमा ५)  ध.उ.म.न.पा वार्ड न. १२ कैलाली अवस्थित हिम्मतपुर मुक्तकमैया शिविर मुक्तिनाथ प्रा.वि को संचालक समितिको संस्थापक अध्यक्ष (२०५७ साल ) ६) ध.उ.म.न.पा वार्ड न. १२ कैलाली अवस्थित हिम्मतपुर मुक्तकमैया शिविर मुक्तिनाथ प्रा.वि. को स्थापना काल देखी संचालक समितिको अध्यक्ष हाल २०७५ साल सम्म । ७) ध.उ.म.न.पा वार्ड न. ७ कैलाली अवस्थित मनेहरा बन उपभोक्ता समिति उपाध्यक्ष (२०७० साल) ८) ध.उ.म.न.पा वार्ड न. ७ कैलाली अवस्थित मनेहरा बन उपभोक्ता समिति सल्लाहकार –हाल ९) ध.उ.म.न.पा वार्ड न. ७ कैलाली अवस्थित राम जानकी मन्दिर को संस्थापक अध्यक्ष (२०६० साल १०) ध.उ.म.न.पा वार्ड न. ७ कैलाली अवस्थित राम जानकी मन्दिर को सल्लाहकार ११) नेकपा (एमाले) धनगढी उपमहानगर कमिटी सदस्य – हाल १२) नेकपा (एमाले) किसान संघ कैलाली जिल्ला सदस्य १३) २०७४ सालको स्थानीय निकायको निर्वाचनमा ध.उ.म.न.पा वार्ड न. १२ को नेकपा (एमाले)को तर्फ बाट वडा सदस्य उम्मेदवार १४) मुक्त कमैया समस्या समाधान आयोगकाे सदस्य