जोशीपुर , १२ मंसिर ।
नेकपा माओवादी केन्द्र जोशीपुर पालिकाको अध्यक्षमा दिर्घ राज बिनाडी चयन भएका छन । माओवादी केन्द्र जोशीपुर गाउँ कमिटीको प्रथम अधिवेशनबाट विनाडी अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन ।
उपाध्यक्षमा दीर्घ नेपाली ,पुष्पराज कठरिया ,जयराम चौधरी, सचीवमा जङ्ग बहादुर डगौरा,सहसचिवमा राजेश चौधरी ,कोषध्यक्षमा किरण देवी चौधरी लगाएत ४९ सदस्यीय पालिका स्तर कमिटी विस्तार भएको छ ।
पालिका अधिवेशनको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका कैलाली इन्चार्ज रुपा चौधरीको उपस्थितिमा पालिका सम्मेलन सम्पन्न भएको थियो ।







