धनगढी,१८ कातिक। दलित महिला अधिकार मंच नेपालको आयोजनामा बाख्रापालन सम्वन्धि २ दिने तालिम बुधबार कैलारी गाउँपालिकामा सम्पन्न भएको छ ।
डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्तरगत उक्त तालिम आयोजना गरिएको हो । समूहमा आवद्ध महिलाहरुलाई बाख्रापालन सम्बन्धि प्राबिधिक ज्ञान सिपको विकास गरि उनीहरुको जिविकोपार्जनमा टेवा पुर्याउने उद्घेश्यले उक्त तालिम आयोजना गरिएको संस्थाका राजेन्द्र रैकाले जानकारी गराउनु भयो ।
दुइ दिने उक्त तालिममा कैलारी गाउँपालिकाका पशु विकास शाखा प्रमुख सूर्य प्रसाद चौधरीले सहजीकरण गर्नुभएको थियोे । तालिममा कैलारी गाउँपालिकाका ४० जना दलित एंव सिमान्तकृत समुदायका महिलाहरूको सहभागीता रहेको थियोे । यस अघि तालिमको एक कार्यक्रमका बिच कैलारी गाउँपालिका वडा नं ५ का अध्यक्ष बिष्णु चौधरीले उद्घाटन गर्नुभएको थियोे ।
उक्त अवसरमा कैलारी गाउँपालिका वडा नं १ का वडा सदस्य लक्ष्मी विक,वडा नं ५ का वडा सदस्य पवित्रा परियारको सहभागीता रहेको थियोे ।






