धनगढी,१४ कातिक ।

रानाथारु भाषाको “नाच गीत संग्रह” नामक किताबको लोकाअर्पण कार्यक्रम सम्पन्न भएको भएको छ । बेलाैरी नगर पालिका वडा नं. ३ पडाव गाउँ बस्ने बम बहादुर ( बम्मन) रानाले लेखेका हुन । उक्त किताब आँगनबारी मिडिया प्रा.लि. धनगढी ७ देवाहरिया, कैलाली द्वारा प्रकाशन भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष नन्दलाल रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।


किताबको लोकार्पण पुर्व मन्त्री नारदमुनि रानाले गर्नुभएको थियो, वहाँ कार्यक्रमका प्रमुख अतिथी पनि हुन । किताबको लोकार्पण कार्यक्रम पछि वहाँले भन्नु भयो रानाथारु सामुदायको भाषा संस्कृति लोप हुदै गइरहेको छ यसलाई समयमा संरक्षण तथा सम्वद्घन गर्नु पर्दछ ।

रानाथारुहरुलाई सुचिकृत गराउछु भन्नेहरु अहिले चुप्चाप भएकाछन । सुचिकृत हुन केहि दिन अगाडि वहाँहरुले भन्ने गर्थे खैत तिमीहरुको माननिय नारदमुनि रानाले सुचिकृत गराएको त्यसले कहाँ गराउन सक्छ भन्ने गर्थे । त्यसैले म उहाँहरुलाई भन्न चाहन्छु हाम्रो केपिशर्मा ओली नेतृत्वको सरकारले र हामीले प्रधानमन्त्री लाई भनर रानाथारु जातिलाई अलग्गै जातिसुचिमा सुचिकृत गरायौ,

यतिमात्र कहाँ हो र हामीले भाषा सुचिकृतको लागि पनि पहल गरेका छौ त्यसैको फलस्वरुपहो अहिलेको राष्ट्रिय जनगणना २०७८ मा रानाथारुको अलग जनगणनाकालागि हाम्रो कोड अलग आइसकेको बताए, जनगणा पछि राज्यसंग थप अधिकार प्राप्तीको लागि लाग्नु पर्ने बताए । मैले थोरै दिन मात्र मन्त्री पदमा बहल हुन पए अलिक बढि दिन मन्त्री हून पाएको भए रानाथारुलाई आयोगमा सम्बोधन हुनेगरी कुनै विकास मञ्च गठन गर्थै बताए पुर्व मन्त्री राना ।


त्यसै गरी कार्यक्रमका विश्ष्टि अतिथी नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह राना रहनु भएको थियो । नाच गीत संग्रह नामक किताबले रानाथारु समुदायमा संस्कृति बचाउनमा महत्वपुर्ण भुमिका खेल्ने बताए । रानाथारुहरुको ठडिया नाचमा गाउने गीत यस किताबमा रहेका छन , यस किताबको माध्यमले लोप हुन लागेको ठडिया नाचको जगेर्ना हुने विश्वास लिएको बताए साथै वहाँले राष्ट्रिय जनगणा २०७८ मा सबैले आप्नो जात, पुर्खौली भाषा , धर्मको बारेमा जनगणना गर्न आउने गणकहरुलाई भन्नु होला भनेर जानकारी गराउनु भयो ।


त्यसै गरी अर्का विश्ष्टि अतिथी पुर्व नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष तथा फगुनि उपन्यासका लेखक पदम रानाले कार्यक्रमको सफलताको शुभकामन दिदै वाहाँले भने बम्मन राना जास्तै हाम्रो रानाथारु सामुदायमा थुपै प्रतिभाका धनी व्यक्तिहरु रहेको उनीहरुको प्रतिभालाई उजागर गर्नु पर्ने बताए । साथै नाच गीत संग्रह नामक पुस्तकले रानाथारुको भाषा बचाउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।


त्यसैगरी कार्यक्रममा वेलौरी नगरपालिका ३ मा रहेका पडाव गाउका पधना , भलमन्सा र गाउँलेहरुको उपस्थित रहेको थियो । कार्यक्रमको स्वागत सबेरो अर्धिवाषिक पत्रिकाकी भाषा सम्पादक जनमति रानाले गरेकी थिइन भने कार्यक्रमको संचालन राममिलन रानाले गर्नु भएको थियो ।