कैलालीको धनगढी उपमहानगर पालिका वडा नं.७ देवहरिया गाउँ स्थित देवहरिया सामुदायिक वन उपभोक्ता समुहको १८औ बार्षिक सधारण सभा तथा ९औँ महाधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भजन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशब पराजुली रहनु भएको थियो । वहाँले भन्नु भयो “आम्दानीको २५ प्रतिशतलाई वन ब्यवस्थापनमा खर्च गर्नुस किनकि आज वनको विकासको लागि खर्च गर्छौ भने पछि हामीलाई त्यही वनले फाइदा दिन्छ र बाकी रहेलो आम्दानीलाई १०० प्रतिशत मनेर आधा आधा खर्च गर्नुस । सामुदायिक वनको मुल उद्देश्य गरीब , आसय , बिपन्न , निमुखा का वर्ग मध्यले सामुदायिक वनबाट फाईदा पाउनु हो र पायोकि पाएन भनेर थाहा पनि पाउन जरुरी छ ।

यहाँको स्थानीय सरकार एकदमै सकारात्मक छ सामुदायिक र स्थानीय सरकारको बजेट मिलाएर काम गर्यो भने राम्रो हुन्छ । प्राबिधिक सहयोग चाहेमा हामी तयार छौ हामिलाई फोन , निवेदन बाट बताउनुस हामी सहयोग गर्न तयार छौ भनेर डिभिजन वन कार्यालय प्रमुख पराजुलीले बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि असिन धनगढी उप-महानगरपालिका वडा ७ का वडा अध्यक्ष सिताराम राना भने स्थानीय सरकार र सामुदायिक वनले मिलेर काम गर्न सकिन्छ । तपाईंहरु कार्यक्रम बनाउनुस हामी साझेदारीमा काम गर्न तयार छौ । देवरिया सामुदायिक वन उपभोक्ता समुह प्रथम स्थान पुग्न सफल भएको छ म यस उपभोक्ता समुहका प्रति अभार प्रकट गर्न चाहन्छु ।

त्यसैगरी कार्यक्रममा सरस्वती मा.वि. का प्र.अ. ज्ञनेन्द्र बा. शाह , नवज्योति कृषि सहकारी संस्था लि.का उपाध्यक्ष मेघनाथ राना , शिव आ.वि. का प्र. अ. नन्दलाल राना र विभिन्न संघ संस्थाबाट आएका प्रतिनिधि र उपभोक्ता सदस्यहरुले कार्यक्रमको सफलताके शुभकामना मनतव्य दिएका थिए ।
देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष ०७७/०७८ को आयव्यय रकम २४लाख २हजार ४६ रुपैयाँ ७६ पैसा भएको छ । उक्त लेखापरीक्षण प्रतिवेदन देवरिया सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष भागीराम चौधरीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य देवरिया सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष जगत राम रानाले सबै अतिथि तथा उपभोक्ता सदस्यहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा पुर्व अध्यक्ष तथा उपाध्यक्षहरु सम्मानित भएका छन कार्यक्रममा संस्कृतिक नाचगान पनि भएको थियो ।
नयाँ कार्यसमिति भोलि मिति २०७८ कार्तिक १४ गते बिहान ११ बजे भित्र सहमति हुन नसकेमा निर्वाचनको प्रक्रिया अगाडी बढाउने छ भनेर निर्वाचन संयोजक ज्ञानेन्द्र बा. शाहले घोषण गरेका छ्न ।
देवरिया सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा ९औं महाधिवेशन कार्यक्रम पृथ्वी रानाले संचालन गरेका थिए ।






