नरेश राना/कञ्चनपुर,११ कातिक ।

विदेशमा रहेका युवाहरुले नेपालमा रहेका विपन्न गरिवपरिवारलाई आर्थिक सहयोग गरेका छन । समय समयमा आउने विपतीले दिने दुःखलाई केही मात्रमा भए पनि काम गर्ना युवा जुटेका छन । यु.ए.ई मा कार्यरत कञ्चनपुर घर भएका भोजराज रानाको विशेष पहलमा युवाले आर्थिक सहयोग गरेका छन ।
अविरल बर्षाले आएको बाढीले खेतमा काटेको सुकाउना लागेको धान सबै वगाए पछि लालझाडी १ बस्ने विटाना रानाको परिवार विचल्लीमा परेको छ । घरमा दैनिक आवस्था गुजारा चलाउन समस्या परेकी पिडीत रानालाई रु २५ हजार आर्थिक सहयोग गरेका छन । त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा वडा नं. १२ कालागैडी बस्ने गंगा रानालाई स्वास्थ्य समस्य देखिएकोले उनलाई १० हजार सहयोग गरेका छन ।

त्यसैगरी शुक्लाफाँटा १२ कालागौडी कै अर्का ब्यक्ति श्री घुम्मा रानाकी श्रीमान नभएका कारणले घरपरिवार चलाउनकालकालागि रु ५हजार सहयोग गरेछौ बताए मनकारी भोजराज रानाले । बाढीले सताएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दिलकी अवाजको टिमले प्रतियोगिता आयोजना गरेको थियो । दुःखमा परेका परिवालाई बैदेशिक रोजगारको क्रममा दुवैमा बस्दै आइरहनु भएका भोजराज राना, अस्टेलियामा बस्ने विनय राना र मलेसियाबाट मौसम राना मिलेर सहयोग गरेका हुन ।