नरेश राना,लालझाडी,११ कातिक ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. २ स्थित श्री जयभोले शंकर सामुदायिक वन उपभोक्ता समुहको साताँै बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सधारण सभा समहुकी अध्यक्ष छोटी रानाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुखअतिथी लालझाडी गाउपालिका वडा नं. २ का वडा अध्यक्ष हेमराज राना करहनुभएको थियो । कार्यक्रमको उदघाटन पछि वहाँले भन्नु भयो प्रमुख अतिथीले सामुदायिक वन बाट हामीले सबै भन्दा ठुलो लाभ उठाउन सक्छौ वनजंगलबाट हामीले आवश्य दाउरा,घाँसपात पनि हामी वनबाट पाउछौ ।अहिले आएको वाढीले मानब क्षेती नभए पनि हाम्रो वडाका धनको क्षेती धेरै नै भएको सयौ विघामा लगाएको धनबाली नष्टहुन भनेको किसानको लागि ठुलो क्षेती हो । क्षेतीको राहतको लागि हामीले तिनै सरकार संग कुरा भइरहेको बताए अध्यक्ष रानाले ।
कार्यक्रमका विशिष्टअतिथीमा लालझाडी सव डिभिजनका रेन्जर करुणाकर जोशी रहनु भएको गियो । कार्यक्रमको स्वागत मन्तव्य समुह सहसचिब राधिका चौधरीले गरेका थिइन । कार्यक्रममा सामुदायिक वनको आर्थिक वर्ष २०७७।७८ को आयव्याय रु १लाख ०७ हजार नौसय तिन मात्र रहेको समुह सचिब निरामती रानाले प्रस्तुत गर्नुभएको थियो । । कार्यक्रमको ममता रानाले गरेकी थिइन ।






