नरेश राना,लालझाडी,१० कातिक ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. २ स्थित श्री वैजनाथ सामुदायिक वन उपभोक्ता समुहको नवाैँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सधारण सभा समहुकी अध्यक्ष हिरा देवी रानाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुखअतिथी लालझाडी गाउपालिका वडा नं. २ का वडा अध्यक्ष हेमराज राना करहनुभएको थियो भने विशिष्टअतिथीमा लालझाडी सव डिभिजनका रेन्जर करुणाकर जोशी रहनु भएको गियो । कार्यक्रमको स्वागत मन्तव्य समुह सचिब नारायण रानाले गरेका थिए ।
कार्यक्रममा सामुदायिक वनको आर्थिक वर्ष २०७७।७८ को आयव्याय रु ४लाख ६४ हजार छसय सन्तावन मात्र रहेको कोषाध्यक्ष गणेश रानाले प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथीले सामुदायिक वन बाट हामीले सबै भन्दा ठुलो लाभ उठाउन सक्छौ वनजंगलबाट हामीले आवश्य दाउरा,घाँसपात पनि हामी वनबाट पाउछौ । सामुदायिकको सेवाक्षेत्र भित्र पर्ने अति विपन्न परिवारका उपभोक्ताहरुलाई ग्यासचुलो उपलब्ध गराएको थियो । कार्यक्रमको संचालन शिक्षक श्री सोमनाथ रानाले गर्नुभएको थियो ।






