धनगढी,६ कातिक । दलित महिला अधिकार मंच नेपालले कैलारी गाउँपालिका वडा नं ३ शिवरत्नपुरका १७ घरधुरी बाढी प्रभावितहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।

डि.सि.ए.को आर्थिक सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत उक्त खाद्य सामाग्री वितरण गरिएको हो । उक्त सामाग्रीहरु एक कार्यक्रमका विच दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरे,डिसिएका परियोजना संयोजक जगदिश भटट् र आधार परियोजना संयोजक सिर्जना पराजुलीले संयुक्त रुपमा बितरण गर्नुभएका्े थियो ।

उक्त अवसरमा प्रतिघरधुरी २५ केजी चामल,२ लिटर तेल,२ केजी दाल,१ केजी चिनी,२०० ग्राम चियापत्ती,१ प्याकेट सोयाबिन १ प्याकेट नुन वितरण गरिएको संस्थाका राजेन्द्र रैकाले जानकारी दिनुभयो । कैलारी गाउँपालिका,नेपाल रेडक्रस सोसाईटीसंगको समन्वयमा दलित महिला अधिकार मंच नेपालले खाद्य सामाग्री, युनिसेफले हाईजिन किट र मर्सिकोरले भाँडाकुँडा सहित बाढी प्रभावित १७ घरधुरीलाई पूर्ण प्याकेज सामाग्री बितरण गरिएको हो ।