नरेश राना/पुर्नवास,६ कातिक ।

कञ्चनपरको पुनर्वास नगरपालिकामा शुक्रबारको दिन सन नेपाल लाइफ इन्सुरेन्सले एक कार्यक्रमका विच सन नेपाल अन्र्तगतका अभिकर्ताहरुलाई सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा ७०,८० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । जसमा अभिकर्ताहरुले गरेको कामको अधारमा उनीहरुलाई दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रमुखअतिथी सन नेपाल लाइफ इन्सुरेन्सका कम्पनीका महाप्रवन्धक कमल राज गौतमले सम्मान गरेका थिए ।

कार्यक्रममा महाप्रवन्धक गौतमले आप्ना अभिकतौहरुलाई बढी भन्दा बढी पोलीसी ल्याएरा बढी आम्दानी कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी सम्पर्क अभिकार्तालाई छलफल द्वारा भनेका थिए । बेलौरी शाखा प्रवन्धक लक्ष्मण चौधरीले शाखा बेलौरी र शाखा पुर्नवासका अभिकर्ताहरुलाई सम्मान तथा भेटघाट कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई स्वागत गर्नुभएको थियो भने उक्त कार्यक्रमलाई धनगढी शाखाका प्रवन्धक लक्ष्मीकान्त जैशीले सञ्चालन गरेका थिए ।

अभिकर्ता सम्मान तथा भेटघाट कार्यक्रम महेन्द्रनगर झलारी, धनगढीमा सम्पन्न गरिसकेकाछौ पुर्नवासका शाखा प्रवन्धक राजरानाले जानकारी दिएका थिए ।