धनगढी,३ कातिक ।

कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य तथा पूर्व बन तथा वातावरण मन्त्री नारद मुनी रानाकाे निजी सचिवालयले बाढी-पहिरो पीडितको उद्दार तथा राहतमा जुटन सरकारलाई आग्रहगरेका छन । शनिबार रातीदेखि भएको अविरल वर्षाका कारण कैलाली, कञ्चनपुरसहित देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानले भएको भौतिक क्षति तथा कृषकहरूले लगाएका बालीहरु, तरकारी लगायतमा ठुलो क्षति भएको छ । रानाकाे निजि सिचबालयबाट मंगलबारका दिन विज्ञप्ती जारी गरेकाे बताए निजी सचिब कमल सिह रानाले

यही मिति २०७८ असोज ३१ गते आइतबार साँझदेखि अविरल रूपमा भइरहेको बेमौसमी वर्षाका कारण कैलाली सहित देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानले भएको भौतिक क्षति तथा कृषकहरूले लगाएका बालीहरु, तरकारी लगायतमा ठुलो क्षति भएको छ ।

कृषि माथि आश्रित लाखौं किसान परिवारमाथि ठूलो बज्रपात भएको छ । यस विषम परिस्थितिमा आम जनसमुदायले व्यहोर्नु परेको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दछु। वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारको क्षतिको बिबरण लगत तुरुन्त संकलन गरी उपयुक्त राहत प्याकेज को ब्यवस्था मिलाउन सरकारसँग माग गर्दछु ।

बेपत्ता परेका ब्यक्तिहरुको खोजी तथा उद्दार कार्यमा तिब्रता दिन ध्यानाकर्षण गराउँदछु। यस अवस्थामा प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका कार्यमा खटेकासुरक्षाकर्मी, सामाजिक संघसंस्था, आम नागरिकहरूमा धन्यवाद दिदै थप उद्दार, ब्यवस्थापन, राहत कार्यमा लागिदिन समाजसेबी, युवा लगायत आम समुदायमा हार्दिक अनुरोध समेत गर्दछु। साथै आउने दिनहरुमा मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न समेत सरकारसँग माग गर्दछु भन्ने कुरा उक्त विज्ञप्तिमा भनिएकाे छ ।