धनगढी,१९ सावन ।
पहिलेका मान्छेहरु नदि वा तालको किनारमा डेरागरी बस्थे । त्यतिबेला जंगलको बिचमा खाली फाटाहरु र त्यो संग जोडिएको ताल वा नदि को किनारमा ठुला ठुला फाँटाहरुमा गाईगोरु चरउनका लागि गौचर हुने गर्दथियो सोहि फाँटा नजिक गौडी बनाउने चलन थियो । त्यतिबेला नेपालमा अञ्चलाधिस , क्षेत्रपाल वा त्यसतै ठूलै पदवि दिएर तराइमा राज्यले कर्मचारी खाटाउने गर्दथियो । तिनीहरुले आफु संग हलिया , कमैया लिएर आउने गर्दथे ।
रानाथारु जाती भनेको कसैको अधिनमा बसेर सहन गर्न सक्ने जाति थिएन । त्यतिबेलाका आफुलाई देशकै राजा भन्नेहरु यस ठाउका मुलबासीलाई विस्थापित गर्दै सोहि ठाउमा आफुसंग ल्याएका ब्यक्तिहरुलाई बसाउने गर्दथे । कैलाली जिल्लाको पुर्विक्षेत्रमा अन्य जातका ब्यक्तिहरु बसाइ सरेर तराइ तिर झरना थले पछि यहाँ बस्दै आएका रानाथारु समुदायका ब्यक्तिहरु ति समुदाय संग मिलेर बसन नसकेर सो ठाउँ छोडदै त्यहाँबाट पश्मि हुदै बह्रा बन जंगल , लालझाडिकाे जंगल , सुक्लाफाँटाकाे जंगल र भारतको दुधवा नेस्नलपार्कको जंगलकाे किनारमा आएर बसेका हुन ।
यसता धेरै उदाहरणहरु छन ति मध्यको मालाखेतीमा पुरै राना बस्ती थियो त्यसैगरी टिकापुरको वरीपरिको वस्ती रानामुडा वरिपरि पुरै रानाथारु बस्ती थियो भने त्यसको उत्तर लिकामा लगायत ठाउमा रानाथारू बस्ती थियो । धनगढी उपमहानगर पालिकाको वरीपरीका जाली , कनरी , बेहडी, बडेहा , भुइहरा आदि गाउमा रानाथारुको बस्ती थियो ।
देवहरिया गाउ
धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित देवहरिया गाउको नामको पछाडिको इतिहाँस यस्तो थियो ।स्व. रामसिह रानाको भनाइअनुसार जुन अहिले देवहरिया गाउको नामले जान्नेगर्दछौ त्यो गाउ एक समयमा धनगढी गाउको गौचर ( गौडि ) थियो । त्यतिबेला गाउको मुखिया भनेकै पधना हुन । धनगढी गाउको पधना रंगै राना थिए ।
उनि संग भुलई रानाको राम्रो सम्बन्ध थियो । भुलइ राना भनेको कैलालीको लिकामा भन्ने ठाउमा बस्दै अाएकाे र पछि भुतपे्रत, चोरडाँकुहरु या अन्य समुदाय संग मिलन नसकेर त्यहाँबाट आएका विभिन्न गाउका गरी १५।२० परिवार थिए । उनी गाउ बसउनलाई ठाउ खोजदै आएका थिए ।
रंगै राना (पधना) संग उनले भने “दादा रे मेरे असामीक बैठान ताँहि थोरी सि ठाउँ दइदे ” तव धनगढीका पधनाले भन्यो कति ठाउ चाहियो तिमीलाई भनेर सोधदा भूलइ रानाले भन्यो १५। २० परिवार बसाउनका लागि ठाउँ चाहिए थियो भने पछि उनले भने ला लेउ यो कुलो ( धनगढी उपमहानगर पालिका ८ हाल सदभावना रोड ) को पुर्वपटिको पुरै क्षेत्र जोतखोत गरी लेउ भनेपछि यस ठाउमा गाउ बसालियो र पछि गएर गाउको नामकरण गर्दा देबहरिया राखियो ।
यो ठाउलाई दानमा पाएको हुनाले यसको नाम देवहरिया रहन गयो भन्छन सोहि गाउका स्वा . कल्लु राना भगत । कैसैले ( जखौर बाबा र सडवा बाबा ) दूइ दुइ वटा देव स्थल रहेको ठाउ भएकोले देब र बह्रा बन संग जोडिएको जंगलको विचमा जखौर ताल , मडफुटा ताल ,मुडफुटी ताल , सुलख्याहा ताल चारैतिर हरियाली भएकोले यसको नाम देवहरिया रहनगएको हो भन्ने पनि स्थानिय व्यक्ति कालिराम रानाले बताए ।
मेहरा गाउँ
चोर र डाँकुबाट बचनका लागि त्यतिबेला मान्छेहरु एक अर्कालाई सहयोग गदै एक ठाउमा बस्दै जाँदा गाउ भएको हो बताए भंगी राना भगत । उनी मनेहरा गाउको नामाकरणको पछाडिको कारण यस्तो बताए पहिले धेरै रुखहरु थिए ,आमको ठुलठुला बगैचाहरु हुने गर्दथियो ।
जुन ठाउमा मनेहरा गाउ छ पहिले यो ठाउमा चुरा बेचनका लागि पारी भारतबाट मनिहार जातका मानिसहरु आएर बस्थे दिन भरी आसपासका गाउमा चुरा बेचने गर्दथे भने राती आएर सोही ठाउमा सुत्थे । पछि उनीहरुको एक परिवार सोही ठाउमा मरेपछि उनीहरु आपनो घरतिर गएका हुन बताए राना ।
सोही गाउ बस्ने अर्का इतबरीया रानाको भनाइ अनुसार गाउको दखिनपटि एउटा ठुलो सिमलको रुख थिया त्यहाँ अरु पनि आमको बगैचा थियो तिजतिउहारकाे महिना अाएपछि सोहि ठाउमा गएर महिलाहरुले केहि दक्षिणा राखेर अन्तरमनले भन्ने गर्थे कि हे मनिहार बाबा मलाइ चुरा देउ भने पछि अर्को दिन जाँदा त्यहाँ चुरा पाइन्थियो । यसरी पछि गएर यस ठाउलाई मनेहरा भन्न थलियो ।
क्रमशः