काठमाण्डू, २७ भदौ–राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।
जेन–जी समूहको मागअनुसार पौडेलले शुक्रबार साँझ प्रतिनिधिसभा विघटन गरेका हुन् ।
लगत्तै उनले प्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् ।
बिहीबारै कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति, दलहरु, जेन–जी र कानूनविदबीच सहमति भए पनि पहिला संसद विघटन हुनुपर्ने कार्कीको सर्तका कारण बिहीबार मात्र प्रधानमन्त्रीको नियुक्ति भएको हो ।